एनआरएनए युएईले आज अबुधाबीमा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्दै

एनआरएनए युएईले आज अबुधाबीमा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्दैछ । अबुधाबीस्थित अहेलिया अस्पतालसंगको सहकार्यमा एनआरएनएले स्वास्थ शिविर सञ्चालन गर्न लागेको हो ।

अबुधाबीको हमदान स्टृटस्थित अहेलिया अस्पतालमा सञ्चालन हुने स्वास्थ शिविर आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताईएको छ ।

शिविरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुबाट निशुल्क रूपमा स्वास्थ परामर्श पाईनुका साथै विभिन्न जाँचहरु निशुल्क रूपमा प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ ।


No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.