बायोडाटामा यस्ता गल्ती कहिल्यै नगर्नुस , जागिर पक्का


जागिरका लागि एकदमै महत्वपूर्ण कागजात मध्येमा बायोडाटा पर्छ । तर यहि महत्वपुर्ण डकुमेन्टमा हामी कयौं यस्ता गल्तीहरु छोडिदिन्छौं जसले गर्दा जागिर मिल्ने सम्भावना न्यून रहन्छ । हेर्नमा खासै ठुलो गल्ति नभएपनि यस्ता गल्तिहरुको असर भने ठुलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला राम्रोसंग हेर्नु पर्छ । आउनुहोस जानौं हामीले बायोडाटामा गर्ने गरेका  गल्तीहरु । धेरैले यस्ता गल्ती गरेपनि तपाइचाहिँ नगर्नुस् जागीर पक्का तपाइको हातमा आउँछ । 
 
१.स्पेलिंग मिस्टेक :

नयाँ जागिरको लागि हामी जब बायोडाटा बनाउँछौँ तब हामी एकदमै हतारमा बनाउँछौँ । बायोडाटा बनाइसकेपछी यसलाई दोहोर्याएर पढ्ने जमर्को पनि हामीमध्ये कमैले मात्र गर्छौं । त्यसो हुँदा बायोडाटामा कयौं स्पेलिंगहरुमा गल्ति भइरहेको हुनासक्छ । जसले गर्दा जागिरका लागि छनोट हुने सम्भावना कम हुन्छ । अचेल त माइक्रोसफ्ट अफिसजस्ता कयौं सफ्टवयरहरुमा स्पेलिंग चेकिंग र अटो करेक्सन जस्ता अप्सनहरु उपलब्ध छन् । जसले तपाईलाई बायोडाटाका गलत स्पेलिंगहरु सच्च्याउन मद्दत पुर्याउछन ।
 
२.आफ्नो सिर्जनाशिलता देखाएर आफ्नो प्रमोट नगर्नु :

हामी प्राय: अरुले बनाएका फर्म्याटमा आफ्नो जानकारीहरु भरेर पठाउँछौं । तर एक्जीक्यूटिभ लेभेलमा अप्लाई गर्नेहरुले यस्तो गरेमा भने यो एकदमै ठुलो मिस्टेक हुन सक्छ किनकि यस्तो बायोडाटाले क्यान्डीडेट कुनै पनि रेसोर्सको उपयोग गर्न असक्षम छ भन्ने कुराको भान पर्दछ जसले गर्दा नोकरीको अवसर टाढा हुन्छ । त्यसैले अर्काको फर्म्याटमा आफ्नो जानकारी भर्नुभन्दा अरु खस केहि गर्नुपर्ने हुन्छ । बायोडाटा तपाइको जीवनको उपलब्धिको संक्षिप्त रुप पनि हो भन्ने कुरा ध्यानमा राखेर तपाईले आफ्नै नयाँ फर्म्याटमा सफा, सटिक र प्रोफेसनल ढंगले बायोडाटा बनेर आफैलाई प्रमोट गर्न सक्नुहुन्छ ।
 
३.आफ्नो चाहना (पोजिशन) :

बायोडाटामा तपाई कुन पोजिशनमा काम गर्न र कस्तो बाताबरणमा काम गर्न रुचाउनुहुन्छ भन्ने कुरा उल्लेख गर्न नभुल्नुहोस । यदि तपाईले यी कुराहरु उल्लेख गर्नुभएन भने पछी पछुताउनु पर्नेछ । कहिलेकाहीं यस्तो पनि हुन्छ की नोकरीको लागि आउने बायोडाटा र कवर लेटर वा एप्लिकेसन लेटरको जागिरसंग टाढासम्म पनि कुनै सम्बन्ध हुँदैन त्यसैले तपाई पनि कतै यस्तो मिस्टेक त गर्दै हुनुहुन्न भन्ने कुरालाई दोहोर्याएर हेर्नुहोस । साथै सबै जागिर उस्तै नहुने हुँदा सधैँ एकै किसिमको जानकारीहरु पठाउनुको सट्टा किन तपाई उक्त जागिरको लागि सबैभन्दा उचित क्यान्डीडेट हुनुहुन्छ भन्ने कुरा खुलस्त पार्नुहोस ।
 
४.एप्लिकेसन वा कभर लेटरमा ध्यान दिनुहोस :

बायोडाटा बनाउनुको मुख्य कारण भनेको तपाईको बर्तमान अवस्थासम्मको उपलब्धिको संक्षिप्त जानकारी हो । यसलाई बनाउनुको मुख्य उद्धेश्य भनेको जागिर दिने कम्पनि वा व्यक्तिलाई तपाइको योग्यता र व्यक्तित्वको बारेमा थाहा होस् भन्ने नै हो । तपाई जहिले पनि कतै आफ्नो बायोडाटा पठाउँदै हुनुहुन्छ भने एप्लिकेशन लेटर वा कभर लेटरलाई पनि संगै पठाउनुहोस जसलाई प्रोफेसनल तरिकाले बनाइएको होस् । जसले गर्दा अरुको ध्यान तपाइको कभर लेटर र बायोडाटामा तनियोस र तपाईलाई जागिर मिल्ने सम्भावनाको वृद्धि होस् ।
 
५.सहि जानकारी होस् :

अहिलेको समयमा जागिर पाउनु भनेको पक्कै पनि गाह्रो कुरा हो । किनकि जुनसुकै क्षेत्रमा कडा प्रतिष्पर्धा छ । यदि तपाई बायोडाटा बनाउन कुनै प्रोफेसनलको मद्दत लिन सक्नुहुन्छ भने त्यो पनि राम्रो कुरा हो तर यसमा तपाई आफ्नो सिर्जनशीलता प्रयोग गरेर थप कुराहरु थप्न लगाउनुहोस । खाली अत्याबश्यक कुराहरुमात्रै नराख्नुहोस । साथै अनाबश्यक कुराहरु वा कागजमा राम्रा देखिने तर बास्तवमा गर्न नसकिने कुराहरु पनि नराख्नुहोस । आफुले दिन लागेको जानकारी सहि होस् कुनै पनि गल्ति नहोस । कयौंपटक यस्तो पनि हुन्छ की क्यान्डीडेटको इमेलले काम नगर्ने वा फोन नम्बर बदिलिइ सकेको अवस्था पनि हुन्छ यस्तो गल्तीलाई हटाउनुहोस् । बायोडाटामा रेफरेन्स राख्न नभुल्नुहोस् । साथै रेफरेन्स जो व्यक्तिलाई राख्नुहुन्छ उक्त व्यक्तिको स्वीकारोक्ति लिन पनि नभुल्नुहोस । 
 
यति गरेमा तपाईको बायोडाटाले जागिर पाउने सम्भावनालाई केहि हदसम्म वृद्धि गर्छ ।


साभार - नेपालपाटी 
 

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.