अम्बिका सुनार माथी जातिय विभेद गर्ने दम्पती पक्राउ


दिपक परियार 
पोखरा , २ माघ शनिबार  ।
कास्कीको भदौरेतामागी गाविसमा गत मंगलबार सार्वजनिक भोजमा जुठो भाँडो नमाझेको भन्दै एक दलित महिला माथी दुर्व्यवहार गर्ने गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय स्वास्थ चौकिमा कार्यरत अनमी अम्बिका सुनारलाई जुठो भाँडा नमाझेको भन्दै जातिय विभेद झल्कने गरि दुर्व्यवहार गर्ने विरुद्ध पीडित अनमि अम्बिका सुनारको जाहेरीको आधारमा प्रहरीले ठकुरशोभा र उनका श्रीमान् चन्द्रबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हो ।

गुरुङ दम्पत्तिले गत पुस २८ गते एक भोजमा कास्कीको भदौरेतामागि गाविसमा एक दलित अनमिमाथि जातीय भेदभाव गर्ने गुरुङ दम्पत्ति पक्राउ परेका छन् । जुठो भाँडा नमाझेको भन्दै अम्बिकालाई दुव्र्यवहार गरेका थिए । गुरुङ दम्पत्तिविरुद्द अम्बिकाले विहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पामेस्थित प्रहरी चौकीमा खटिएका प्रहरीले गुरुङ दम्पत्तिलाई भदौरे कुत्मिडाँडास्थित घरबाट पक्राउ गरेको हो । उनीहरुलाई हाल थुनामा राखिएको कार्यालयले जनाएको छ । गुरुङका आफन्तले शुक्रबार छलफल गर्न समय माग गरेको भएपनि कार्यालयले सार्वजनिक विदाको दिन छलफल नहुने भन्दै उनीहरुलाई फर्काइदिएको थियो ।

पीडित अम्बिकाले आफुलाई पीडकका आफन्तले ‘माफि माग्न र उनले पकाएको खान समेत तयार भएको’ भन्दै उजुरी फिर्ता लिन दवाव दिएको बताइन् । ‘म कुनै हालतमा जाहेरी फिर्ता लिन्न’, उनले भनिन्, ‘दोषीलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ ।’अधिवक्ता शिवबहादुर सुनारले जातीय भेदभावको घटनामा सरकारवादी मुद्दा हुने भएकोले प्रहरीबाट मिलाउन नमिल्ने बताए । उनले पीडकलाई २५ दिनसम्म हिरासतमा राखेपछि बयानको प्रक्रिया अगाडि बढ्ने र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गर्नुपर्ने व्यवस्था रहेको बताए ।

पीडकलाई जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजायँ० ऐन २०६८ को आधारमा कार्वाही हुने उनले जानकारी दिए ।संविधानले जातीय भेदभावलाई सामाजिक अपराधका रुपमा व्याख्या गर्दै दण्डनीय हुने व्यवस्था गरेको छ । २०६८ को ऐन अन्तर्गत दफा ७ को उपदफा १९क० मा जातीय विभेद् गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ ।

त्यस्तै दफा ७ को उपदफा २ बमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले कसुर गरेमा निजलाई ५० प्रतिशत थप सजायँ हुने उल्लेख छ । पीडकले २५ हजार देखि १ लाख रुपैयाँसम्म क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ ।यसअघि कास्कीकै घान्द्रुकमा खानेपानी आयोजनाको उद्घाटनका क्रममा सहभोजको प्रस्ताव राख्दा २०६८ कात्तिक २६ गते स्थानीय तालबाराही प्राविका हेडमास्टर कर्णबहादुर नेपाली लगायत अन्य दलितहरुमाथि कालोमोसो दल्ने र कुटपिट गर्ने कार्य भएको थियो । 

सो घटनामा कर्णबहादुरले १६ महिनापछि अदालतबाट न्याय पाएका थिए । जातीय विभेदको उक्त घटनामा पीडकले सजायँ पाउनु नेपालमै उदाहरणीय कार्य रहेको कास्कीका दलित अगुवा भिमबहादुर विक ‘क्षितिज’ ले बताए ।

जिल्ला अदालतले घान्द्रुकका कुमार गुरुङ, डाइविन भनिने किसम गुरुङ, यामबहादुर गुरुङ, विष्णुबहादुर गुरुङ, किरण गुरुङ र दुर्गामाया गुरुङलाई जनही १० हजार रुपैयाँ, एक्यापका कर्मचारी रामप्रसाद गुरुङ र शिक्षिका रेनुका गुरुङलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । पीडित कर्णबहादुर नेपालीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि पीडकहरूलाई अदालतले आदेश जारी गरेको थियो ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.