पोखरामा धारो छोएको निहुँमा दलित महिला पिटिईन,प्रहरीले उजुरी दर्ता गर्न मानेन

रामकुमार परियार
असोज २९ , शुक्रवार ।
पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।

गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ला स्थित पोखरा-२७ शान्ती चोक , खत्री टोलकी स्थानीय  शिक्षिका भगवती केसि र उनका बाबू शंकर केसिले लामाचौर -८ घर भई हाल सोही ठाउँ बस्दै आएकी कमला विकलाई बिगृएको धारा बनाएर पानी थाप्ने क्रममा आफ्नो गाग्री  र धारा छोएको भन्दै निर्मम कुटपिट गरेको खबर सामाजिक संजाल मार्फत सार्वजनिक भएको हो ।

पानी भर्न जाँदा धारोको पाईप चुँडिएको पाईएपछी कमलाले जोड्न लाग्दा "तँ कमिनिले धारो किन छोईस" भन्दै गाग्रीको पानी पोखेर कुटपिट गरेको बताईन्छ । उक्त घटना पश्चात् पीडितले स्थानीय प्रहरीमा उजुरी दर्ता गर्न जाँदा प्रहरिले दर्ता गर्न नमानेको र उल्टै यस्ता कुरा गाउँमै मिलापत्र गर भनेर फर्काएको बताईन्छ । पिडक केसि एमाले कार्यकर्ता भएको हुँदा राजनीतिक पहुंचका आधारमा प्रहरीलाई मुद्दा दर्ता गर्न नदिईएको बुझिएको छ ।

5 comments:

  1. aba naya sambidhan ra sarkarle k garxa xata kanun anusar kada karvahi garnu parxa jail ra jarivana sathai xetipurti dinuparxa

    ReplyDelete
  2. यो घटनाले सर्बप्रथम नया नेपालको संबिधान २०७२ बनाउने प्रमुख पार्टिहरुलाई नै यस घटनाले झापड हानेको स्पष्ट हुन्छ । यदी ति पार्टिहरुलाई अलिकती पनि चोट पुगेको छ भने ति नि हरुले संबिधान पालना नगराउने प्रहरी लाई तुरुन्त बर्खास्त गर्नु पर्छ । अनि दोषिलाई हदै सम्मको कारवाही गरेर आफुले बनाएको संबिधानको सार्थक्ता पुष्टी गर्नु पर्छ । नत्र २०२० सालको कहिले कार्यान्वन नभएको मुलुकी एन र यो संबिधान मा के फरक ? यो घटनाको दोषिलाई दण्ड नदिने हो भने यो संबिधान र नेताहरु आजैबाट असफल भएको मान्नु पर्छ ।

    ReplyDelete
    Replies
    1. तपाईं ले एकदम सहि कुरो गर्नु भएको छ / यदि नयाँ संबिधान ले जातिय छुवाछुत निर्मुल गर्ने गरि लेखिएको भए किन संबिधान जारि पछि पनि यस्तो अमानबिय घटना दोहोरिन्छ ? के ती अपराधीहरु लाई सख्त कारवाही गर्नु पर्दैन ? किन पुलिसले समेत घटना लाई दर्ता गर्न दिएन ? के त्यस्ता पुलिस लाई सरकारले कारवाही गर्नु पर्दैन ? शब्द ले मात्र सबै नेपाली समान छन् भन्ने अनि ब्यबहारमा विभेद लाई प्रसय दिंदै जाने हो कि क्या हो ?

      Delete
  3. खत्री टोलकी स्थानीय शिक्षिका भगवती केसि र उनका बाबू शंकर केसिले ,,,,,,,,,,, याे शिक्षिकाले के तेस्काे मूजी पढेछ,,,,,,,,शिक्षिका भएर समाजमा यस्तै सन्देश दिने ?? अनि खरू नपढेका झारपात केसीहरूले झन के के गर्लान ,,,,,,,,, याे एकात्मक बादी हिन्दु संस्कार बिहस्कार गराै ।। हिन्दु संस्कार मूर्दाबाद ।।

    ReplyDelete
  4. Arrest the teacher and her father as soon as possible, if the police don't register the case then it will take in social media for justice. what the party We know that the bastard and bitch member of the party doing such discrimination

    ReplyDelete

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.