लोक गायनमा भविष्य खोज्दै - बिक्रम परियार

रामकुमार परियार
पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा संगितकर्मीको उत्पादन ह्वात्तै बढेको छ । तर गुणात्मक भन्दा परिमाणत्मक रूपमा मौलाएको सांगितिक बजारमा राम्ररी बिक्ने संगितकर्मी भने कमै छन् । तर लगानी गरेर संगितकर्मी बन्नेहरुको भिडमा अपवाद बनेर आएका छन - लोकगायक बिक्रम परियार

गाउँले पृष्ठभुमिमा जन्मिएका विक्रम परियार सानैदेखी लोकसंगितमा रुचि राख्थे । संगित बुझ्ने भएदेखी नै लोकसंगितमा विशेष अभिरुचि बढेकाले उनी भविष्यमा लोकगायक बन्ने सपना बुन्थे । घाँस दाउरा गर्दा पनि लोकलय गुनगुनाई रहन्थे । रेडियोमा लोकसंगित घन्किंदै गर्दा सबै काम बिर्सेर उनको ध्यान रेडियो तिरै केन्द्रीत हुन्थ्यो । त्यतिबेला आफुलाई पनि त्यही रेडियो भित्र पसेर गित गाउने रहर जाग्ने गरेको अनुभव सुनाउँछन - परियार ।

पाश्चात्य संस्कृतिको प्रभावले नेपाली सांगीतिक क्षेत्र उग्र आधुनिकवाद तर्फ लम्किंदै गर्दा यी २४ वर्षे ठिटो विक्रम परियार भने लोकसंगितमै जीवन खोजी रहेका छ्न । यसै क्षेत्रलाई आफ्नो भविष्य सोचेर साधनारत छन , त्यो पनि प्रवाशी भुमी युएईमा । वैदेशिक रोजगारीको शिलशिलामा ३२ महिना अघि युएई छिरेका विक्रमको स्वरमा जादु छ । जसले सबैलाई लठ्ठै बनाई दिन्छ । लोकसंगित पटक्कै नरुचाउनेहरुलाई समेत मन्त्रमुग्ध बनाउन सक्ने क्षमता उनको स्वरमा छ । तर मिडियामा आउन नसकेकाले त्यो कला मंचमै सिमित भईरहेको छ । उनको स्वर र गायनशैली युएईमा निक्कै चर्चित छ । यहाँका हरेक राज्यमा नेपालीहरुले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरुमा उनलाई बोलाउने गरिन्छ । भ्याएसम्म सबै कार्यक्रमहरुमा सहभागी भएर आफुले प्रस्तुती राख्ने गरेको परियार बताउँछन् ।

कास्की , थुमाकोडाँडाको सामान्य परिवारमा जन्मिएका परियारको सानैदेखि लोकसंगितमा विशेष अभिरुचि थियो । गाउँघरमा आयोजना गरिने विवाह , उत्सवहरुमा गित गाउँदा सबैले उनी भविष्यमा राम्रो लोकगायक बन्ने लख काट्थे । विध्यालयमा आयोजना गरिने प्रतिस्पर्धात्मक गायन प्रतियोगिताहरुमा सामेल भएर ६ पटक प्रथम पुरस्कार प्राप्त गरेको विक्रम सम्झन्छन् । आफ्नो प्रतिभा मनपराएर ढाडस दिने सिताराम माविका गुरुहरुको प्रेरणाबाट नै लोकसंगितमा लाग्न थप हौसला मिलेको उनी बताउँछन ।

लोकगायक बन्ने सपना पुरा गर्न आवश्यक पैसाको जोहो गर्न ०६७ सालमा एसएलसी दिएलगत्तै कतार भासिएका परियारले त्यहाँ रहँदा भने गितसंगितलाई समय दिन सकेनन् । कतारबाट स्वदेश फर्किएर युएई आएपछि भने उनको सांगीतिक करियरले जोडले फड्को मार्‍यो ।  युएईको अलएन राज्यमा अफिस ब्वाईको काम गर्दै यहाँ आयोजना गरिने अधिकांश कार्यक्रमहरुमा उनको उपस्थिती हुने गर्दछ । अलएनको एक अनौपचारिक कार्यक्रममा गित गुनगुनाउँदै गर्दा गायक बिमल अधिकारीले भेटेपछि उनकै सहयोग र प्रोत्साहनमा युएईको सांगीतिक क्षेत्रमा प्रवेश गरेको परियार बताउँछन । एकवर्षको अन्तरालमा उनले यहाँ आयोजित २० बढी सांगीतिक कार्यक्रमहरुमा ७० बढी गित गाईसकेका छन । मंचमा गित गाउँदैगर्दा दर्शकदिर्घबाट पाउने ताली र "वान्स मोर" ले आफुलाई थप हौसला मिल्ने गरेको उनी बताउँछन् ।

नेपालीको मौलिक पहिचान र संस्कृति बोकेको लोकसंगितले समाजका पीडा र कथाहरु जस्ताको त्यस्तै उतार्नेहुनाले आफु लोकगायनमा लाग्न प्रेरित भएको परियार बताउँछन । संगितको औपचारिक प्रशिक्षण बिनै गायनमा प्रवेश गरेका विक्रम श्रोता र दर्शकको प्रोत्साहनकै कारण यस क्षेत्रमा अगाडी बढ्न उर्जा मिल्ने गरेको बताउँछन् । मंचमा दर्जनौँ गित प्रस्तुत गरिसकेका विक्रमको पहिलो एल्बम तिहार अघि नै सार्वजनिक हुने क्रममा छ । गायिका कोपिला छिनाल संगको सहकार्यमा "भगवानलाई दियो बाल्दा नि" एल्बम तयार भईसकेको विक्रम बताउँछन् । जसमा कोपिला छिनाल र उनको संयुक्त स्वर सुन्न पाईनेछ ।

प्रवाशको अति व्यस्त दैनिकीको बाबुजुद पनि निरन्तर मेहनत र संघर्ष गर्दै लोकगायनमा साधनारत विक्रम परियारको आगामी सांगीतिक यात्रा अझ सफल रहोस , शुभकामना !!!

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.