स्मार्टफोन फास्ट बनाउन यसो गर्नुस !!!


आजभोलि जो कोहीको पनि रोजाइमा स्मार्टफोन नै परेको छ। तर स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो समस्या भनेको फोन स्लो हुनु हो। तर यसलाई फास्ट बनाउने सजिलो उपायहरु रहेको छ। 
 
१. एनिमेटेड वालपेपर नराख्नेः

फोनको सेटिङमा गएर Developer Options मा जाने त्यहाँ भएको Window animation scale र Transition animation scale अप्सनहरुमा 0.5x  सेट गर्ने। यसबाट फोनको स्पीड बढ्छ। 
 
२. Widgets  अफ गर्नेः

Widgets  ले फोनमा लाइभ अपडेट दिने गर्नुका साथै ब्याट्री समेत बढी खपत गर्छ। त्यसैले प्रयोग नभएमा यस्ता लाइभ अपडेटहरु अफ गर्ने। 
 
३. ब्याकग्राउण्ड प्रोसेसः

एन्ड्रोइड ओएसमा एपहरु आफैँ अपडेट भइरहन्छन्। यसमा ब्याकग्राउण्ड प्रोसेसहरु चलिरहन्छन्। यसबाट फोन स्लो हुन्छ र ब्याट्री पनि बढी खान्छ।  यसका लागि फोनको सेटिङमा Developer Options  मा जाने र त्यहाँ भएको Limit background processes  अप्सनमा गएर १ वा २ प्रोसेस छान्ने।
 
४. पावर अफः 

हप्तामा कम्तीमा पनि एकपटक आफ्नो फोन रिस्टार्ट गर्ने। यसो गर्नाले मेमोरीबाट क्यासेहरु हटेर जान्छन् र फोनको स्पीड बढेर जान्छ। 
 
५. कस्टम लन्चर्स राख्नेः

एन्ड्रोइड प्रयोगकर्ताका लागि धेरै लन्चर एपहरु रहेका छन्। गुगल प्ले स्टोरबाट यिनीहरु सित्तैमा डाउनलोड गर्न सकिन्छ।लन्चरले फोनमा भएका एपहरुको व्यवस्थापन गर्छ र केहीहदसम्म मोबाइलको स्पीड बढ्छ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.