तेस्रो एनआरएनए कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

नेपाल एसोसिएसन (एनआरएनए) एनसीसी युएईले आयोजना गर्न लागेको तेस्रो एनआरएनए कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

एनआरएनएले आगामी आईतबार (अप्रिल १४ तारिख) दुबईको अल वासल स्पोर्ट्स क्लब , जद्दाफमा आयोजना गर्न लागेको अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार रहेको भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक एनआरएनए एनसीसी युएईका अध्यक्ष विकाश शाहीले जानकारी दिएका छन् ।

उक्त भलिबल प्रतियोगितामा विजेताले नगद १० हजार दिराम (नेपाली करिब ३ लाख ६० हजार) पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६ हजार दिराम (नेपाली करिब २ लाख १७ हजार) पुरस्कार प्राप्त गर्ने बताईएको छ ।

स्वास्थका लागि खेलकुद भन्ने नारा सहित एनआरएनए युएईले आयोजना गर्न लागेको तेस्रो भलिबल प्रतियोगितामा युएईमा क्रियाशिल १२ वटा टोलिले प्रतिस्पर्धा गर्ने अध्यक्ष शाहीले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी टोलिहरुमा नेपालका राष्ट्रिय तथा प्रदेशस्तरिय खेलाडीहरु समेत आवद्ध रहेको अध्यक्ष शाहिले बताए । 

यसैबीच राष्ट्रिय भलिबल टोलिका कप्तान मानबहादुर श्रेष्ठ सहित डिबि भट्ट , रबिन चन्द ठकुरी , सफल विक , विजय थापा , हेमन्त मल्ल , सञ्जु विक्रम शाह सहित १६ जना राष्ट्रिय तथा प्रदेशस्तरिय खेलाडी प्रतियोगितामा सहभागी हुन युएई आईपुगेका छन् । प्रतियोगितामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठको समेत उपस्थिति रहने बताईएको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.