नयाँ वर्ष २०८१ को शुभकामना !!!

आज , अन्तिम दिन । म र मेरा लागि ; २०८० सालको । भोलिदेखी हाम्रो क्यालेन्डर फेरिंदैछ , नयाँ दिनको नयाँ सुर्योदय संगै नयाँ सालको शुरूवात हुँदैछ ।

मेरा लागि २०८० को वर्ष ठिकठाक नै रह्यो , औसतमा राम्रै रह्यो भन्दा पनि अत्युक्ति नहोला । केही नयाँ सम्बन्धहरु जोडिए , केही तोडिए पनि होलान् , केहिसंग तिक्तता बढ्यो होला । ती सबै तितामिठा क्षणहरु / तिक्तताहरु आजै मैजारो गर्दैछु ।

मेरा लेखाई , बोलाई र अभिव्यक्तिले कहिं कसैलाई पोलेको भए , बिझाएको भए वा असर पारेको भए क्षमाप्रार्थी छु । अबका दिनहरुमा रिस र आवेगलाई नियन्त्रण गर्ने कोसिस गर्नेछु । वर्ष २०८१ सबैकालागी सुखद बनोस । नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !!!

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.