युएईको अबुधाबीमा निशुल्क स्वास्थ शिविर सम्पन्न

युएईको राजधानी अबुधाबीमा आज एक दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

अबुधाबीस्थित अहेलिया अस्पतालको प्राविधिक सहयोगमा एनआरएनए युएईले निशुल्क स्वास्थ शिविरको आयोजना गरेको थियो ।
अबुधाबीको हमदान स्टृटमा सञ्चालन भएको स्वास्थ शिविरमा करिब ५० जनाले लाभ लिएको अहेलिया अस्पतालकी जनसम्पर्क अधिकारी प्रज्ञा घिमिरेले जानकारी दिईन ।

भिजिट भिजामा आएका , ईमिरेट्स आईडी र स्वास्थ विमा नभएका २० वर्षदेखि ६५ वर्षसम्मका बिरामीहरुले सेवा लिएको घिमिरेले बताईन ।

स्वास्थ शिविरमा अहेलिया अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुले बिरामीको स्वास्थ परिक्षण गरेका थिए भने एनआरएनएका तर्फबाट उपाध्यक्षद्वय सोनम श्रेष्ठ र फडिन्द्र ढकालले सहजीकरण गरेका थिए ।
भिजिट भिजामा भएका र स्वास्थ विमा नभएकाहरुलाई अस्पतालले थप उपचारमा २० प्रतिशत छुट समेत दिएको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.