मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवस


आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा  रंगभेद उन्मुलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी संसारभर मनाँईदै छ ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोरा जातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको हो । नेपालले सन् १९७१ मा यो महासन्धीको अनुमोदन गरेको हो ।


विश्व भर हुने जातीय एवं रंग भेदको विरुद्धमा विभिन्न कार्यक्रमहरु गरेर प्रत्येक वर्षको मार्च २१ तारिख यो दिवस मनाँईदै आईएको छ । यस अवसरमा नेपालमा समेत विविध कार्यक्रमहरु आयोजना गरिन्छ ।  विशेषगरि शहरका ५ तरे होटल र महंगा पार्टी प्यालेसहरुमा जातिय विभेद विरुद्धका ठुला ठुला ब्यानर टाँगेर विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएका छन ।

२०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित  संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ व्यवस्थापीका संसदबाट पारित भईसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन । जातीय विभेदका क्रुर घटनाहरुमा अझै कमि आउन नसक्नु दु:खद हो । 

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.