पथरीमा चुनावी प्रचार तिव्र , वडा संपर्क कार्यालय स्थापना



पथरी , जेठ २३ - दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै गर्दा पथरीशनिश्चरे नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलोमा तथा चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

यतिबेला नेपाली काङ्ग्रेसका तर्फबाट पथरीशनिश्चरे नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार गणेश खड्का र प्रेमला राई प्रत्येक वडाका मतदाता माझ पुगेर आफ्ना एजेन्डा र योजनाहरुबारे बुझाईरहेका छन ।

वडा र नगरका संपुर्ण उम्मेदवार सहित दिनहुँ सयौं जनाको टोलि यतिबेला घर दैलोमा लागिपरेका छन् । यसैक्रममा हिजो सोमबार वडा नं ३ मा चुनावी प्रचारप्रसार संपर्क कार्यालय स्थापना गरिएको छ । मेयरका उम्मेदवार गणेश खड्का र उपमेयरकि उम्मेदवार प्रेमला राईले संयुक्त रूपमा संपर्क कार्यालयको स्थापना गरेका हुन ।

वडाका सम्पुर्ण कार्यकर्ता , मतदाता , शुभेच्छुक हरुसंगको संपर्क सहज र सुलभ बनाउने उद्देश्यले संपर्क कार्यालय स्थापना गरिएको उपमेयरकि उम्मेदवार प्रेमला राईले बताईन । उनले दुई दशक पछि हुन लागेको यो ऐतिहासिक निर्वाचनमा सक्रियता पुर्वक सहभागी भएर नेपाली काङ्ग्रेसका संपुर्ण उम्मेदवारहरुलाई भारी बहुमतले विजयी गराउन आग्रह गरेकी छिन ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.