हवाई दुर्घटनाबाट बचाउने दायित्व कसको ?

तारा एयरको विमान दुर्घटना भएर २ जना विदेशी सहित २३ यात्रुको मृत्यु भएको २ दिनमै आज काष्ठमण्डप एयरको जहाज दुर्घटना भयो । अहिलेसम्म प्राप्त जानकारी अनुसार यो दुर्घटनामा  पाईलट र को-पाईलटको मृत्यु भएको र ९ यात्रु घाईते भएको बुझिएको छ , यद्यपि यो आधिकारिक भने होईन ।

यसरी २ दिनको अन्तरमै हवाई दुर्घटना हुनु भनेको ठूलो चुनौती हो । यसले यात्रुलाई हवाई यात्राबाट त्रसित बनाउनुका साथसाथै मुलुकको विकासमा नै व्यवधान सिर्जना गरेको छ । हरेक देशमा यस्ता घटना विरलै हुने गर्छ , नेपालमा समेत वर्ष , दुईवर्षको अन्तरालमा एउटा हवाई दुर्घटना हुँदै आएको थियो । तर यसरी लगातार हुनु भनेको गम्भीर र सोचनिय कुरा हो ।

निजि एयरलाइन्सहरुलाई जथाभावी लाईसेन्स वितरण गरेर नियमिय अनुगमन र निरिक्षण नगर्दाको परिणाम हो भनेर बुझ्न सकिन्छ । एयरलाइन्सले कस्तो जहाज ल्याउँदैछन , कसरी संचालन गर्दैछन , कसले उडाउँदै छन , ईन्जिनको नियमित निरिक्षण र मर्मतसंभार भईरहेको छ कि छैन , जहाज भित्र आकास्मिक सुरक्षा र उद्दारको कस्तो व्यवस्था छ , यात्रुलाई के कस्तो सुविधा दिंदैछन आदि विषयहरुको अनुगमन गर्ने दायित्व कसको ? गम्भिर प्रश्न खडा भएको छ ।

हुन त नेपालको मौसम हवाई दुर्घटनाको हिसाबले उच्च जोखिममा रहेको नकार्न सकिन्न । यहाँको हवाई यात्रा वास्तवमै चुनौतिपुर्ण छ । तर यो भन्दा असुरक्षित मानिएका देशहरुमा समेत जहाज उडेकै छन । तर किन दुर्घटनाका खबर त्यत्ती सुन्नु पर्दौन ? सोच्नैपर्ने हुन्छ । अन्य दुर्घटनाको तुलनामा हवाई दुर्घटनालाई निकै संवेदनशील रुपमा लिईने गरिन्छ । किनभने हवाई दुर्घटना भएको खण्डमा यात्रु जिवित हुने संभावना शून्य प्रायः रहन्छ । यो जान्दाजान्दै पनि हवाई सुरक्षा प्रती संवेदनशील नहुनु भनेको खेदजन्य कुरा हो ।

यदि नेपालमा यसैगरी हवाई दुर्घटनाको संख्यात्मक वृद्धि हुने हो भने पर्यटन व्यवसाय चुर्लुम्म हुने कुरामा दुईमत छैन । न त आन्तरिक पर्यटक नै घुम्न निस्कन्छन् । पर्यटन व्यवसाय नै ठप्प हुनु भनेको यहाँका एयरलाइन्सहरु नै बन्द हुनु हो । यो जान्दाजान्दै पनि गरिन्छ लापारबाह ? सरकार र संबन्धित निकायहरुले ध्यान दिनुपर्ने बेला भएको छ । (फाल्गुन १४ , शुक्रवार )

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.