टाईट पाईन्ट लगाउँदा परिएला नि अप्ठ्यारोमा

२४ जुन , एजेन्सी ।
निकै कसिलो जिन्स लगाउने शोख एक युवतीका लागि यति भारी सावित भयो की उनले लगातार ४ दिनसम्म अस्पतालको बास बस्नुपर्यो ।


अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन् । अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स काटेरै निकाल्नुपर्यो ।

टाइट जिन्स पीडित यी महिला ट्याक्सी चढेर रोयल एडिलेड हस्पिटल पुगिन् । अस्पतालका डाक्टरहरुले त्यो हालत देखेपछि आश्चर्यमा परे । खुट्टाहरुमा रक्तप्रवाह पनि रोकिएको थाहा पाएपछि डाक्टरहरु झनै गम्भीर बने अनि पाइन्ट काटेर तथा च्यातेर निकाल्नुपर्यो । डाक्टरहरुले त्यो घटनालाई फेसन भिक्टिम नाम दिएका छन् ।

टाइट पाइन्ट पीडित महिलाका अनुसार उनले उक्त दिन विहान मात्र उक्त जिन्स लगाएकी थिइन् । साँझपख उनी पार्कमा घुम्न निस्किएकी थिइन् । पार्क घुम्दै गर्दा उनले आफ्ना खुट्टाहरु सुन्निँदै गएको र खुट्टामा महसुस हुन छाडिसकेको थाहा पाइन् । केहीबेर पछि त उनी हलचल गर्न तथा उभिन पनि नसक्ने भइन् । त्यसपछि उनले एउटा ट्याक्सी पक्रेर तत्कालै अस्पताल पुगिन् ।

डाक्टरहरुका अनुसार टाइट जिन्सले महिलाका तिघ्राहरु कमजोर बनाइदिन्छ । त्यस्तै पिडौलामा रहेका दुइ प्रकारका स्नायु प्रणालीमा पनि दबाब सिर्जना हुन्छ । खुट्टामा रक्तचाप कम हुन जान्छ र त्यसले समग्र स्नायु प्रणालीमै गम्भीर असर पूराउँछ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.