आज विश्व संगित दिवस , सबैलाई शुभकामना !!!

आज जुन २१ अर्थात विश्व संगित दिवस ।  आजको यो विशेष  दिनमा संसारभरका संगितप्रेमीहरु संगितमा झुमेर संगित दिवस मनाउने गर्छन् ।

नेपालमा समेत विभिन्न सांगीतिक कार्यक्रम र औपचारिक कार्यक्रमहरु आयोजना गरेर संगित दिवस मनाईदै आईएको छ । यो दिवसको शुरूवातका विषयमा फरक फरक मिति बताईने गरिन्छ यद्यपि यसको औपचारिक शुरूवात  फ्रान्सबाट भएको मानिन्छ ।

संगितको कुनै भाषा हुदैन , हरेक ठाउँका मानिस देखि लिएर अन्य जलचर , थलचर प्राणिहरु यसको मज्जा लिन सक्छन् । दुख भुलाउने , पीडा बिर्साउने र एक्लोपना हटाउने अदभूत जादु संगितमा हुन्छ । यो  विशेष द्रव्य को सम्मानमा मनाईने दिवसको अवसरमा सम्पुर्ण संगितकर्मी , संगितप्रेमी र सर्जकहरुलाई शुभकामना !!! जय संगित !!!

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.