युएईको नेपाली दूतावासले नेपालीहरुको विवरण संकलन थाल्यो

युएईमा कोरोना भाईरसको प्रकोपबाट प्रभावित भएका नेपालीहरुले अब नेपाली राजदुतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन पाउने भएका छन् ।

अबुधाबी स्थित नेपाली राजदुतावासले मंगलबार एक सुचना जारी गर्दै युएईमा रहेका नेपालीहरुलाई दूतावासको वेवसाईटमा गएर आफ्नो वैयक्तिक विवरण दर्ता गर्न आग्रह गरेको छ । 

कोरोनाको प्रकोपका कारण उत्पन्न असहज स्थिति भोगिरहेका नेपालीहरुलाई उद्दार तथा सहयोग गर्ने कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन अनलाईन फारमको विकास गरि तथ्यांक संकलन गर्न थालिएको दूतावासले जानकारी दिएको छ ।

दूतावासको अफिसियल वेबसाईट ae.nepalembassy.gov.np मा गएर नेपालीहरुले आफ्नो विवरण दर्ता गर्न सक्ने युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले बताए । उनले असहज परिस्थितिमा आवश्यक सहयोग एवम्  समन्वय गर्ने कार्यमा राजदूतावास निरन्तर प्रयत्नशील रहेको जानकारी दिए ।  

युएईमा बुधबार साँझसम्म ११ हजार ३ सय ८० जना कोरोनाबाट संक्रमित बनेका छन् भने ८९ जनाको मृत्यु भईसकेको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.