औचित्यहिन नारी दिवस

यसैगरी नारी दिवस मनाउन थालिएको १०८ वर्ष भईसक्यो । लामो समयदेखि महिलाहरुले संघर्ष गरे  नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु भए । तर , आजसम्म नेपालमा महिला उत्पीडिनको स्थिति भयावह रहेको छ ।

महिला भित्रका पनि एकल महिला र सीमान्तकृत वर्गका महिलाको अवस्था दयनिय छ । परिवार , समाज देखि लिएर राष्ट्रले समेत यो क्षेत्रका महिलाहरूलाई बहिष्कार सरहको व्यवहार गरेको छ ।

बोक्सिका नाउँमा कुटपिट गर्ने , मलमुत्र खुवाउने , गाउँ निकाला गर्ने , यौन हिंसा गर्ने सम्मका घटनाहरु घटिरहेका छन् । धारो छोएको निहुँमा मरणासन्न हुनेगरी कुटपिट गर्ने क्रम रोकिएको छैन । पीडित महिलाहरुले प्रहरीबाट समेत न्यायको अपेक्षा राख्न सकिरहेका छैन ।

यस्तो अवस्थामा शहरका भित्ताहरुमा नारा लेखेर , ठुलाठुला ब्यानर राखेर कार्यक्रम गर्नुको तुक छैन । आलिसन पाँच तारे होटल र पार्टी प्यालेसको चौघेरा भित्र सिमित सेमिनार र गोष्ठीले मात्रै नारी उत्थान संभव छैन ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.